कोरोना संक्रमणबाट १० जनाको मृत्यु

अर्थ राजनीति ~ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना  भाइरस को संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरका ३, काठमाडौंका २ तथा चितवन, नवलपुर र सुनसरीका एकएक जनाको मृत्यु भएको छ । यस्तै मोरङका २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डा. केसीको मागहरु सम्बोधन गर्न वार्ता सुरु

अर्थ राजनीति ~ भदौ २९ मा जुम्लाबाट अनशन थालेका डा.केसी अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत छन् । केसीको यो १९औं अनसन हो ।  उनको स्वास्थ्य अवस्था दिन दिनै  जटिल बन्दै गएको र सरकारल यस बारे केहि ध्यान नदिएको भन्दै प्रदशन भैरहेको थियो । डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान […]

थप १५५१ जना कोरोना संक्रमित

अर्थ राजनिती ~ पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस […]

वीरगञ्जमा प्रहरीले ठुलो परिणाममा म्याद गुज्रेको खाद्यवस्तु बरामद

अर्थ राजनीति ~  वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको पाइएको छ । आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख […]

साझा पार्टीले विज्ञप्ति जारि गर्दै डा . केसीको अवस्था बारे सरकारलाई चेतावनी

अर्थ  राजनीति ~ १९ असोज, काठमाडौं । १९औँ अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य दिन प्रति दिन गम्भीर बन्दै गएको र अहिले अक्सिजन दिनु परिरहेको अवस्था छ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको भन्दै साझा पार्टीले आरोप लगाएको छ । डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी […]

कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै प्रदेशसभामा तोडफोड गर्ने तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने

अर्थ राजनीति ~सोमबार  दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको छ । प्रदेश नम्बर ५ को सोमबार प्रदेशसभा भित्र तोडफोड गरेका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारलाई […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार काठमाडौंमा  ९, ललितपुरमा  ३, सर्लाहीमा  २, सुनसरी, पर्सा, गोरखा र नवलपुरमा  एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुममा  पनि एकएक जनाको पनि मृत्यु भएको […]

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

अर्थ राजनिती ~  कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा भर्ना भएका  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने गरि व्यवस्था मिलाइएको छ । डिस्चार्ज हुनुअघि ट्रम्पले अब  चाडैचुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ  भन्दै ट्वीट गरेका छन ।

गत बुधबार देखि सेवा रोकिएको श्रम स्वीकृतिको काम आजबाट सुरु हुँदै

अर्थ राजनिती ~ वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ ।  कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो  । बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा […]

प्रधानमन्त्रीका तिन सल्लाकार सहित ६७ सुरक्षाकर्मीलाई कोरोना पुष्टि

अर्थ राजनिती ~  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको छ […]