प्रधानमन्त्रीका तिन सल्लाकार सहित ६७ सुरक्षाकर्मीलाई कोरोना पुष्टि

Machchapuchchre

अर्थ राजनिती ~  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको छ । साथै ६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्