Artharajniti ~ सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सांसदहरुको जवाफ दिन रुलिङ गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई जवाफ दिन रुलिङ गरेका हुन्। ‘माननीय सदस्यहरुले उठाइरहेको विषयमा मेरो ध्यानाकर्षण भएको छ।’ उनले भने, ‘प्रतिनिधिसभा बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन सभामुखको रुलिङ



