Artharajniti ~ काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधि सभामा भदौ १० गते प्रश्नोत्तर हुने भएको छ। सभामुख डीपी अर्यालले प्रश्नोत्तरका लागि सोमबार समय निर्धारण गरेका हुन्। उनका अनुसार प्रश्न सोध्न चाहने सांसदले भदौ ५ गतेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रतिनिधि सभामा रहेका सबै दलका कम्तीमा एक एक जनासहित सांसदले प्रश्न सोध्न पाउनेछन्। प्रतिनिधि सभामा हाल ६ वटा दलको प्रतिनिधित्व छ। सभामुख अर्यालले सांसद्हरुले उठाएका प्रश्नको सदनमा उपस्थित भएर जवाफ दिन सोमबार नै प्रधानमन्त्री बालेनलाई रुलिङ गरेका थिए।
प्रधानमन्त्री बालेनले संसद्मा भदौ १० गते सांसदका प्रश्नको जवाफ दिने


