Atharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ । पार्टी गठन भएको चार वर्षमा ३७ देशमा पार्टीको संगठन विस्तार गरेर शुभेच्छक संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको हो । प्रवास नेपाली सम्पर्क विभाग गठन भएका देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, जापान, हंगकङ, मकाउ, मलेसिया, भारत, थाइल्याण्ड, माल्दिभ्स्, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेविया, युएई बहराइन छन् । प्रवास नेपाली सम्पर्क विभाग गठन भएका थप देशहरुमा अमेरिका, क्यानडा, नेदरल्याण्ड्स, बेल्जियम, स्पेन, अष्ट्रिया, लक्जेम्वर्ग, डेनमार्क, स्विजरल्याण्ड, फिनल्याण्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा, रोमानिया, स्वडेन, हंगेरी लगायत छन् ।
रास्वपाको ३७ देशमा संगठन विस्तार, कुन कुन देश ?



