डा. केसीको मागहरु सम्बोधन गर्न वार्ता सुरु

Machchapuchchre

अर्थ राजनीति ~

भदौ २९ मा जुम्लाबाट अनशन थालेका डा.केसी अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत छन् । केसीको यो १९औं अनसन हो ।  उनको स्वास्थ्य अवस्था दिन दिनै  जटिल बन्दै गएको र सरकारल यस बारे केहि ध्यान नदिएको भन्दै प्रदशन भैरहेको थियो । डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान केसी माथि गएको छ । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले जानकारी दिएका  छन् । मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको बताएका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको मंगलबार  बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो । सचिवालयका नेताहरुले डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्