थप १५५१ जना कोरोना संक्रमित

Machchapuchchre

अर्थ राजनिती ~ पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्