कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै प्रदेशसभामा तोडफोड गर्ने तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने

Machchapuchchre

अर्थ राजनीति ~सोमबार  दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको छ । प्रदेश नम्बर ५ को सोमबार प्रदेशसभा भित्र तोडफोड गरेका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारलाई कारवाही गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्