वीरगञ्जमा प्रहरीले ठुलो परिणाममा म्याद गुज्रेको खाद्यवस्तु बरामद

Machchapuchchre

अर्थ राजनीति ~  वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको पाइएको छ । आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको उनले बताइन् । बेकरी खानेकुरा बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।उपभोक्ताको  अधिकारसँग सम्बन्धित विषय भएकोले आवश्यक अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । म्याद गुज्रिएको सामान बेचबिखनमा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको प्रहरी  उपरीक्षक पन्तले बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्