मौद्रिक समिक्षा: बैंकरहरुले अर्थमन्त्रीसंग राखेका अधिकांश मागहरुको विषयमा मौन

अर्थ राजनीति । हिजो साँझ वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक समीक्षामा बिदा हुन लागेका गभर्नर नेपाल अर्थमन्त्रालयले सम्बोधन गर्नका लागि अह्राएको विषयमा केहि बोलेका छैनन । उनले ब्याजको स्प्रेड दरलाई चलाएका छैनन भने ऋण विस्तारका लागि बाधक भएको भनिएको काउन्टर साइक्लिकल बफरमा पनि केहि सुधार गरेनन । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै कर्जा प्रवाहमा […]

अब २ करोड भन्दा कम कर्जा लिनका लागि कर चुक्ता प्रमाण पत्र नचाहिने

अर्थ राजनीति ।  केहि महिना अघि ऋण लिन र नविकरणका लागि नेपाल रास्ट्र बैंकले करचुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा देखाउनु पर्ने  व्यवस्था गरेको थियो । कर चुक्ताको प्रमाणपत्र देखाउनु परे पछी बैंकमा ऋण लिनेको संख्या घट्दै गएको थियो र ग्राहाकहरुलाई पनि ऋण लिन समस्या भएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै, कर्जा प्रवाहमा […]

नेपाल बैंकको ब्राण्ड एम्बेसडर: महावीर पुन

अर्थ राजनीति । वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन । हिजो उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष भएर काम गरि राखेका छन । बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा १० लाख […]

मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमीमा रहेको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सामग्रीहरू वितरण गरेको हो । उक्त सामग्रीहरू प्राणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैंक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् । बैंकले यस […]

एनआइसी एसिया बैंकले नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले कोष र इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । […]

गभर्नर डा. नेपालको अन्तिम मौद्रिक समिक्षा

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन केहि हप्ता बाकि रहेको छ । उनको कार्यकाल सकिन लागेको बेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक समिक्षा  सार्वजनिक गर्ने भएका छन । मौद्रिक समिक्षामा के के विषय समेट्ने भनेर व्यवस्थापन समितिमा अघिल्लो दिन बिहान छलफल गरिएको छ । गभर्नर, डेपुटी गभर्नर र उच्च […]

एभरेष्ट बैंकको न्यूरोड कम्प्लेक्समा शाखा संचालनमा, कति पुग्यो शाखा सञ्जाल ?

काठमाडौं । एभरेष्ट बैंकले न्यूरोड कम्प्लेक्समा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामनि सिवाकोटीले गरेका हुन् । सोही अवसरमा डेपुटी गर्भनर सिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मान गरेको बैंकले जनाएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन […]

सेञ्चुरी बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनका विद्यार्थीहरुका लागि पोशाक वितरण गरेको छ । बैंकले चितवनको इच्छाकामनास्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । विद्यालयको २६ औं वार्षिकउत्सवको उपलक्षमा कक्षा एक देखी पाँच कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि एक सय २२ थान पोशाक विगरण गरेको बैंकले जनाएको छ । बैंकका नारायणगढ शाखा प्रमुख […]

बैंकिंग क्षेत्रमा मर्जरले गति लिदै

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज तथा एक्विजिशनमा जान आफ्नो तर्फबाट सहमति दिएको छ । नेपाल रास्ट्र बैंकले सनराइज बैंकलाई सिर्जना फाइनान्सलाई आफ्नोमा मर्ज गर्न सहमिति दिएको छ । हाल सनराइज बैंकको चुक्ता पुंजी ८ अर्ब १६ करोड रुपया रहेको छ भने सिर्जना फाइनान्सको चुक्ता पुंजी ७३ करोड […]

अब नयाँ गभर्नर को बन्ला ?

अर्थ राजनीत । वर्तमान गभर्नर चिरन्जीवी नेपालको कार्य अवधि आउदो चैतको पहिलो हप्ताबाट सकिदैछ । चिरन्जीवी  नेपालको कार्यकाल सकिने बितिकै उहाको ठाउँमा नयाँ गभर्नर आउने छ । अहिले गभर्नर पदका लागि धेरै जना व्यक्तिहरु लागि परिरहनु भएको छ । रास्ट्र बैंकका वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि अहिले गभर्नर पदका लागि जुटीरहनु भएको छ । […]