मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

Machchapuchchre

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमीमा रहेको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सामग्रीहरू वितरण गरेको हो ।

उक्त सामग्रीहरू प्राणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैंक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाइ प्रक्रियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ । यस विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्