कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय !

Machchapuchchre

अर्थ राजनीति । बिश्वोमा अहिले सबैं भन्दा ठुलो आतंक भनेको कोरोना भाइरस भएको छ । अधिकांश देशमा यसको प्रभाव पारिसकेकोछ । यो भाईरस देखा परेको केहि हप्तामानै  हजारौ व्यक्ति ले ज्यान गुमाई सकेका छन् , दिनानुदिन यसबाट संक्रमित हरुको संख्या बढ्दो छ, अझ डरलाग्दो कुरो त यो भाइरसको ठोस औसधि पनि छैन । यस बाट जोगिनु नै कोरोना भाइरस  बाट बच्नु हो । कोरोना भाइरस बाट बच्न निम्न उपाय हरु अपनाउनु आबस्यक हुन्छ :

. अनिवार्य रुपमा मास्क लगाउने

कोरोना भाइरस हावाको माध्यमबाट छिटो सर्ने र चिसोमा बढी सक्रिय हुने भएकोले घरबाट निस्किदा खेरि आनिवार्य रुपमा मास्क लगाउने गर्नुहोस । सवारी साधनमा आवत जावत गर्दा , सार्वजानिक स्थलमा हुदा खेरि, बाटोमा हिड्दा खेरि र कतै भिडभाडमा हुदा मास्को प्रयोग गर्नुपर्छ । धुवा, धुलो बाट बच्न हामि सधै मास्कको प्रयोग गर्ने गर्छौ भने अब कोरोना बाट बच्नको लागि पनि अनिवार्य रुपमा मास्क लगाउनु पर्दछ ।

२. चिसो बाट टाढै रहने

कोरोना भाइरस चिसोमा एकदमै सक्रिय हुने भएकाले चिसोबाट टाढै बस्नु पर्छ । चिसो पानी र चिसो खानेकुरा खान बन्द गर्नुपर्छ । तातोमा कोरोना भाइरस कम्जोर हुने भएकाले सकेसम्म आफुलाई तातो न्यानो बनाएर राख्नु पर्छ । तातो न्यानो हुने कपडा लागाउने, चिसो ठाउँमा नबस्ने, तातो पानि र तातो खानेकुरामा जोड दिनु पर्छ । आफ्नो शरीरलाई चिसोबाट अलि टाढै राख्नु पर्छ ।

३. सुर्यको किरणमा बस्ने

कोरोना भाइरस तातोमा कम्जोर हुने गर्दछ त्यसैले हामि सुर्यको किरणमा बसेर आफुलाई तातो बनाउनु पर्छ । सुर्यको किरणबाट हामीले भिटामिन डी पनि पाउने गर्छौ । चिसो ठाउँमा बस्नु हुदैन त्यसैले आफुलाई तातो बनाउन सुर्यको किरणमा बस्ने गर्नु पर्दछ । सुर्यको किरणमा बस्ने गर्नाले  कोरोना भाइरसको संक्रमण सर्न सक्ने जोखिम कम हुन्छ ।

४. छिक्दा वा खोक्दा मुख छोप्ने

कोरोना भाइरस खोक्दा वा छिक्दा पनि सर्न सक्छ त्यसैले हामीले खोक्दा वा छिक्दा मुख छोप्नु पर्छ । खोकी वा रुघा लागेको व्यक्तिबाट तीन मिटर परै बस्नु पर्छ र अरुको अगाडी गएर खोक्नु र हाछ्यु गर्न हुदैन । हाछ्यु वा खोक्दा खेरि थुक उछिटटेर अरुमा पर्न जान्छ र त्यसले गर्दा  अर्को व्यक्तिलाई भाइरस सर्ने गर्दछ । त्यहि भएर यसमा हामीले अलि ध्यान पुर्याउनु पर्छ ।

. धातुक बस्तुहरु छोए पछी हात धुने

कोरोना भाइरसको जीवाणु १२ घण्टा भन्दा पनि लामो समयसम्म धातु सतहमा रहने गर्दछ त्यसैले हामीले धातुक बस्तुहरु छोए पछी हात धुनु पर्दछ र धातुका बस्तुहरुअलि कमै मात्रामा प्रयोग गर्नुहोस । प्राय हामीले नियमित रुपमा छुने वा प्रयोग गर्ने भनेको धातुहरु लकरहरु, एसकेलेटर ह्यान्डलहरु आदि हुन् । यी धातुलाई छुने वा समाउने बितिकै हात धुनु पर्छ र धातुबाट टाढै बस्नु पर्दछ ।

६. कपडा नियमित धुने

कपडामा रहेको कोरोना भाइरसको जीवाणु ६ देखि १२ घण्टा सम्म जीवित रहनेहुदा खेरि कपडाहरुलाई डीटरजेन्टले राम्रोसंग धुनु पर्छ र घाममा लगेर सुकाउनु पर्छ । कपडा नधोई किन लगाएउ भनि कोरोना भाइरस लाग्न सक्ने सम्भावना हुन्छ । कपडा नियमित धुने गर्नुहोस् ।

७. आँखा, नाक र मुख नछुनुहोस्

फोहोर हात र जथाभावी छोएको हातले आँखा, नाक र मुखमा नछुनुहोस् । फोहोर हातले छुनु भयो भने कोरोना भाइरस लाग्ने सम्भावन हुन्छ । हात तातो पानी र साबुनले सफा गरेर मात्र आँखा, नाक र मुखमा छुने गर्नुहोस् । यसो गर्नाले हामी कोरोना भाइरसको संक्रमणबाट जोगिन सक्छौ ।

८. घाटी नियमित रुपमा कुल्ला गर्नुपर्छ

कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित रुपमा तातो पानीले घाटि कुल्ला गर्नु पर्दछ । नियमित रुपमा कुल्ला गर्दा कोरोना भाइरसको संक्रमण सर्न सक्ने जोखिम कम हुन्छ । कोरोना भाइरस तातोमा कम्जोर हुने भएकोले तातो पानीको प्रयोग बढी मात्रामा गर्नु पर्दछ ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्