देउवाले मनोनित गरे थप ७ विभाग प्रमुख

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । उनले यसअघि शनिवार १३ विभागका प्रमुख मनोनित गरेका थिए ।

देउवाले सोमबार एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय , ईश्वरी न्यौपानेलाई महिला, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेवारी दिएका छन् ।

यस्तै केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख तोकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्