चिनिया राजदुत लिलामणि पौडयाललाई नेपाल फिर्ता बोलाइयो

Machchapuchchre

अर्थ राजनीति | चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई २ हप्ता भित्र नेपाल फिर्ता हुन सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए । उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई नेपाल फर्काउन  निर्णय गरेको हो | सरकारले अरु राजदुतप्रति चाहि केहि आपत्ति जनाएको छैन |

अहिले जापानको राजदुतमा प्रतिभा राणा छिन् | उनि कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् | उनलाई कांग्रेस सरकारले २०७४ सालमा राजदुतको पदमा नियुक्त गरेको थियो | कांग्रेस र मावोबादिकै सरकारको पालामा विजय गच्छदारको पार्टीको कोटाबाट शर्मिला पराजुली ढकाल ओमानको राजदुतमा नियुक्त हुने मौका पाएकी थिइन | उनि म्यानपावर व्यवसायी हुन् | ओली सरकारका पालामा रास्ट्रीय सम्पतिमा सबैभन्दा बढी दोहन गरेको यति समुहले कुटनीतिक क्षेत्रमा आफ्नो मान्छे पठाएको छ | यति समुहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाकी छोरि दावाफुटि शेर्पालाई सरकारले गत भदौमा स्पेनको राजदुत बनाएको थियो | अहिले प्रधानमन्त्री हुदा ओलीले आफ्नो साली अन्जन शाक्यलाई इजरायलको राजदुत बनाएका छन | सुशील कोइराला प्रधानमन्त्री हुदासम्म कांग्रेसको राजनीतिमा लागेका महेशराज दाहाल, गत निर्वाचनमा उनि चितवनमा वाम गठबन्धनको प्रचारमा हिडे | एमाले र मावोबादी मिले पछी नेकपामा समाहित भएका दाहाल अहिले अष्ट्रेलियाका राजदुत छन | यी पाच जना मध्ये चार जनालाई छोडेर चिनिया राजदुत लिलामणि पौड्याललाई मात्र नेपाल फिर्ता बोलाउन लागीएको हो |

स्रोत नयाँ पत्रिका

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्