एन–९५ मास्कको पर्याप्त प्रवन्ध गर्न कांग्रेसको माग, १४ बुँदे अपील जारी

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसले नोवेल कोरोना (कोभिड–१९) बाट जोगिन एन–९५ मास्क पर्याप्त प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर सरकार र समुदायलाई १४ बुँदे अपील जारी गरेको हो ।

कोरोनाको जोखिम सामना गर्न राष्ट्रिय पहलकदमी गर्नुपर्ने, कोरोना संक्रमित देशहरूको सूची बनाएर अस्थायी रुपमा तत्काल रोक लगाउनुपर्ने, उद्धार गर्नुपर्ने देशमा बाहेक दोहोरो उडान रद्द गर्न माग गरिएको छ ।

कोरोना संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरूको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान दिनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्