एनआइसी एसिया बैंकले नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै

Machchapuchchre

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले कोष र इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । यसको न्यूनतम मूल्य २ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम २ हजार रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन १९(सोमबार) देखि २९(बिहिबार) गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यस्तै, बैंकले सूर्या लाइफ इन्स्योरेन्सको पनि ४१ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यसमा न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम २७५ रुपैयाँ वा यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । यसमा फागुन फागुन १९(सोमबार) देखि २९(बिहिबार) गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि पनि बैंकले सूर्या लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्