वुहानबाट उद्दार गरि क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि

Machchapuchchre

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १४ दिनसम्म भक्तपुर, खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो । प्रवक्ता देवकोटाका अनुसार क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्कने भएका हुन् ।

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो । वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट हिजो घर फर्किएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्