नेपाल बैंकको ब्राण्ड एम्बेसडर: महावीर पुन

Machchapuchchre

अर्थ राजनीति । वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन । हिजो उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष भएर काम गरि राखेका छन । बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा १० लाख नगद हस्तान्तरण गरेको थियो । बैंकका सिइओ अधिकारीले भने पुनलाई ब्राण्ड एम्बेसडरका रुपमा पाउनु आफुमा गर्वको कुरा रहेको बताउँछन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय हो । उनले नेपाल बैंक युवा उद्यमीसँग हातेमालो गर्दै देशको समृद्धि र विकासको लागि योगदान दिन आफु तयार रहेको कुरा जानकारी गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्