काठमाडौंमा काली  पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि  काठमाडौंको  सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको  सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली  पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका  छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा […]

कुमारी बैंकले लाभांश पारित गर्न

अर्थ राजनीति ~ कुमारी बैंकले १४ प्रतिशतको प्रस्तावित लाभांश स्वीकृतिका लागि मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ । कोभिड जोखिमका कारण बैंकले साधारणसभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।बैंकको सञ्चालक समितिले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभामा लगिने छ । यसबाहेक बैंकले मर्जरलाई पनि […]

लक्ष्मी बैंकले तीन नयाँ शाखा

अर्थ राजनीति ~ लक्ष्मी बैंकले एकै पटक तीन ठाउँमा शाखा खोलेको छ । बैंकले ललितपुरको पाटन,काठमाडौंको सुन्धारा मूलपानी, र टोखामा शाखा खोलेको छ ।  नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा पुगेको छ ।

सरकारले पेन्सन वितरण प्रणाली परिवर्तन गरेसँगै बैकको नाफामा कटौती हुने

अर्थ राजनीति ~ सरकारले पेन्सन वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ । पेन्सन वितरण प्रणालीमा परिवर्तन  गरेसँगै बैकको नाफामा कटौती हुने भएको छ । पेन्सन वितरणमा बैंकले पाउँदै आएको १ प्रतिशत कमिसन सरकारले कटौती गरेको छ ।  सरकारको संचित कोषबाट पेन्सन रकम भुक्तानी गर्ने बैंकहरुलाई शोधभर्ना वापत १ प्रतिशत सेवा शुल्क दिने व्यवस्था रहेकोमा विद्युतीय […]

मंसिर १० बाट सहुलियतपूर्ण कर्जा प्रवाहका लागि आवेदन खुल्दै: सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने

अर्थ राजनीति ~ कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले खाता संचालन तथा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरुलाई निर्देशन […]

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल नियुक्त

अर्थ राजनीति ~ युनाइटेड यस इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् । रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो । भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन […]

बैंकहरु जनताको सम्रिद्दीको शारथी बन्न तयार छन्: हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमको अन्तर्वार्ता (भिडियो सहित )

सर नमस्ते ! नमस्ते कार्यक्रम बैंकिंग सेरोफेरोमा स्वागत छ ! हस धन्यवाद आरामै हुनुहुन्छ ? ठिकै छ दिनहरु कसरि बिती रहेका छन तुलसी सर समय अलि प्रतिकुल छ ? समय त अब तपाईले भनेको जस्तै प्रतिकुल छ तर प्रतिकुलतालाई अनुकुल्तामा बदल्दै गरेर चाहि अघि बढ्दै छौ, हामि चैत, वैशाख, जेठतिर नेपालीको मनस्थिति कस्तो थियो अहिले […]

इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच सम्झौता

अर्थ राजनीति ~ इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु भएको छ । सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएमई रेमिटेन्सबाट रकम पठाउन सक्ने छन । सो नगदमा पठाइएको रकम नेपाल भर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिने छ । बैंक […]

बैंकहरुमा कोरोना प्रभाव देखियो: नाफा घट्यो

अर्थ राजनीति ~ कोरोना भाइरसका कारण चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानीमा गिरावट आएको छ । कोभिड-१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको छ । सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहमध्ये अधिकांशको नाफा घटेको छ । केही बैंकले नाफा बढाए पनि समग्रमा बैंकहरुको तीन महिनाको […]

सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको

अर्थ राजनीति ~ सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ । बैंकले यो तिहार सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार योजना सार्वजनिक गर्दै मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक दिनेछ । यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक […]