मंसिर १० बाट सहुलियतपूर्ण कर्जा प्रवाहका लागि आवेदन खुल्दै: सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले खाता संचालन तथा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्ने र १० मंसिरबाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्