बैंकहरु जनताको सम्रिद्दीको शारथी बन्न तयार छन्: हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमको अन्तर्वार्ता (भिडियो सहित )

Machchapuchchre

सर नमस्ते !

नमस्ते

कार्यक्रम बैंकिंग सेरोफेरोमा स्वागत छ !

हस धन्यवाद

आरामै हुनुहुन्छ ?

ठिकै छ

दिनहरु कसरि बिती रहेका छन तुलसी सर समय अलि प्रतिकुल छ ?

समय त अब तपाईले भनेको जस्तै प्रतिकुल छ तर प्रतिकुलतालाई अनुकुल्तामा बदल्दै गरेर चाहि अघि बढ्दै छौ, हामि चैत, वैशाख, जेठतिर नेपालीको मनस्थिति कस्तो थियो अहिले हामि कार्तिकमा आइपुग्दा त्यो मनस्थिति धेरैनै परिवर्तन भैसकेको छ  । कोरोनाको प्रभाव चाही धेरै बढेर गएको,  धेरैमा संक्रमण भएर मृत्यु पनि भइ राखेको यो अवस्थामा हामीले यसलाई पचाउदै हातेमालो गर्दै यसलाई पछि लाग्दै हामी अघि बढ्नु पर्ने आम नेपाली तयार भएको देखेको छु त्यहि भएर म र मभएको संस्था त्यहि ढंगले अगी बढ्ने कामहरु भइरहेको छ  ।

तुलसी सर कोभिडका कारण समग्र अर्थतन्त्र र बैंकिंग क्षेत्रमा कस्तो असर परेको देख्नु हुन्छ, अब रिभाईवलको बाटो के हुन्छ ?

समग्र रुपमा हेर्दा नेपालमा मात्र होइन संसार भरिनै धेरै क्षेत्रहरु प्रभावित छन त्यस मध्य बैंकिंग क्षेत्र पनि महत्वपूर्ण हो  । बैंकिंग भनेको आफै सेक्टर होइन मैले भन्दा खेरि चाही बैंकिंग सेक्टर भनेको सबै सेक्टर हो किनभने बैंकले आफ्नो व्यवसायहरु आफ्नो लगानीहरु केको आधारमा गर्नी भन्दा खेरि आर्थिक क्रियाकलापलाई मद्दत गर्ने काम बैंकले गर्छ  । अन्तत अरु क्रियाकलापहरुमा नकारात्मक असर पर्दा त्यसको प्रतक्षमारमा  चाहि बैंकमा असर पर्छ  । अब चाहि हामि सबै ठाउमा पूर्ण संरचना गरेर जानुपर्छ restructuring गरेर  । Restructuring केमा गर्नी भन्दाखेरि कृषिमा restructuring गरौ जो मान्छे बाहिर काम गरिराख्नु भा छ उहाहरुको पनि हिजोको जति कमाइ छैन उहाहरुले काम गरेको ठाउबाट पनि केहि पाउनु भएको छैन,ओभर टाइम गर्नेले नि केहि पाउनु भएको छैन त्यो खालको स्थिति छ अब हामि कृषि क्षेत्रमा धेरै ठाउहरुमा हाम्रो क्यपसिटि बढाउँन सक्ने पर्याप्त छ र नेपालको भौगोलिक बनावट हेर्दाखेरि हाम्रो हावा पानी अरु देशको भन्दा फरक छ जाडो हुने देखि लेर पहाडी,हिमाली भूगोल भाको हुनाले विशेष रुपमा अगाडी बढेर जानुपर्छ त्यो सेक्टरलाई पनि अब क्मर्सिअर्लाइज् सम्म जानु पर्यो अनि त्याबाट पनि हामीले दुइचार पैसा कमाउनु पर्यो  । हिजो हामीले रेमिट्यान्सबाट लेउनलाई substitute गर्नुपर्यो हामीले ठुलाठुला उधयोग खोलेर विदेशतिर सामान यक्स्पोर्ट गरेर हामीले पैसा ल्यान नसके पनि हामीले कृषि सामानबाट चाही गर्न सकिन्छ  । अब हामीले त्रनिंग दिएर पर्यटन क्षेत्रहरु खोल्नु पर्छ,हामीले थन्काएर राखेको खियापारेर राखेको पिलेनहरुलाई अगाडी बढाउनु पर्छ,हामीले टुरिस्टको सवारीसाधनहरुलाई अगाडी बढाउनु पर्छ  । अब म अलिकति बैंक,वित्तीय संस्थाको बारेमा कुरा गर्न चाहन्छु अब बैंकहरुको पनि restructuring को जरुरी भको छ दुइतीनवटा कारणले हामिले हिजो हामीलाई बैंकको आम जनताहरुलाई पहुच पुगेन भन्ने कोअपरेटिभ त्यो रिअलाइज गरेको आधारमा भो हामीले धेरै बैंक,वित्तीय संस्थाहरु खोल्दै जादा यसरि खोलऊकि अब उनिहरुचाही सरभाइब गर्ने नसक्ने इस्थितिमा पुगे उनीहरुको कमाइ धान्न नसक्ने प्रतिस्पर्धा गर्ने नसक्ने अवस्था भए पछि हामीले केहि वर्ष अगाडी देखि हामीले डाउन साइट गर्न थालेउ हामीले मर्जरको नीति सरकारले ल्यायो र मर्ज भए र । बैंक,वित्तीय संस्थाहरु ठुलो साइजमा भए  । कमर्सियल बैंककै हिसाबले सरकारले चाहि ८ अर्वको पुजी पुराउनु पर्ने प्रेसर दियो र कतिपयले केहि ढंगले पुर्याए र अरु केहि बैंकहरु मर्ज भएर ठुलो साइजमा पुर्याय  । तर अब अहिले त्यतिलेनि पुगेको छैन  । अहिकले हाम्रो २७ वटा जति कमर्सियल बैंकहरु छन  । तपाइले हेर्नु भयो भने काठमान्डौको त के कुरा गर्नु तपाई बाहिर जानुभयो भने बिर्तामोड,इटहरी आउनु भो भने जति पनि तपाइँ नारयणघाट,बुटवल जानु भयो भने तपाइले घरै पिछे,चोकै पिछे बैंक देख्नु हुन्छ  । एउटा घरमा दुइटा बैंक हुन्छन त्यो हाम्रो आवस्यकता होकी होइन कतै रिअराइज गर्नुपर्ने होकी मलाइ लाग्छ होइन अब त्यो चाहि बैंककोनि आवस्यकता होइन र जनतालाई हामीले बैंकिंग सर्भिस पो दिने हो त तर सबै बैंकको शाखा एउटा ठाउमा खोलेर त्याबाट हामी अस्वस्थ प्रतिस्पर्धा गर्नु पर्ने अवस्था होइन अब त्यस कारण अब बैंकहरु मर्जरमै जानु पर्छ ठुला साइजका थोरै संख्यामा ठुला साइजहरु  । अब धेरै प्रोजेक्ट अनलाइनबाट डिजिटल माध्यमबाट पठाएर अन्तिममा काही अब मालपोतमा रोक्का राख्नु पर्ने अवस्थामा त्यो टाइममा मात्र मान्छे जानु पर्ने मान्छेको इन्भल्वमेन्ट त्यहा मात्र हुन्छ  । अहिले त मालपोत कार्यालयहरुमा पनि अबको अहिलेको भनम डकुमेन्ट पनि अनलाइनबाट नै बुझाउने जग्गा पास गर्नु पर्यो भने पनि वा रोक्का राख्न भने पनि,बैंकले गर्ने भनेको रोक्का,फुकुवा मात्र हो अहिले त्यो पनि अनलाइनबाट नै हुन्छ  । अब यो हिसाबले बैंकहरु डिजिटल इकोनोमीमा प्रोमोट गर्ने हिसाबले बैंकहरुले आफ्नो क्यापासिटी बढाउनु पर्यो त्यस कारण ठुलो संख्या धेरै शाखा खोलेर सबै ठाउमा शाखा पुर्याउनु पर्यो,सबै ठाउका मानिसहरुलाई बैंकिंग पहुच भित्र लेउनु पर्यो तर एउटा काम गर्न धेरै बैंकहरुको उपस्थिति देखाएर अस्वस्थ प्रतिस्पर्धा गर्नु हुदैन  । त्यसै कारणले अब बैंकहरुको बाटो भनेको मर्जरमा जानु पर्छ  । थोरै संख्यामा तर ठुला साइजका हुने अब अर्को कुरा के हो भने हामि जानेर नजानेर अहिले हाम्रो इकोनोमी हाम्रो जितिभिको कुरा गर्ने हो भने रेमिट्यान्सबाट धानी राखेका छौ  । पैसा विदेशबाट आउछ र पैसा बैंकिंग च्यानलबाट आउछन भनेपछी बैंकहरुले INTERNATIONAL बिजनेस अझै स्मार्ट हुनु पर्यो र अब हामीले विदेशको पैसालाई पनि नेपालमा लगानी गर्ने, ल्याउने नेपालको पैसा पनि कति ठाउमा प्रोफिटएबल छ र लगानी गर्न सक्नु पर्ने परिस्थिति क्रेट गर्नुपर्ने हुन्छ किने भने बैंकहरुले आफ्नो RESTRUCTURE संरचित गर्नु पर्ने हुन्थ्यो त्यो भनेको चाही बैंको मर्जर एक किसिमको ठुलो साइजमा जाने थोरै संख्या हुने अर्को कुरा चाहि बैंकको क्यापासिटी बढाएर चाही ग्लोबल बिजेस्नेस्मा चाहि आफ्नो पहुच बिस्तार गरेर जानु पर्ने हुन्छ र हामी हाम्रा अगाडिका च्यालेन्जहरुलाई हरौना सक्छौ,कोभिड लगाएत अरु संग सामना गर्न सक्छम र हामि पर्तिस्पर्धा भएर अन्तरराष्ट्रिय बैंकहरुले गरि राखेका बिजनेस पनि हामी सस्तो स्मार्ट भएर चलाउन सक्छौ र हामीले पार्टनरशिप गरेम भनी हाम्रो बैंकिंग सेक्टरको भविष्य उज्वल देख्छु म  ।

भने पछि यसरि बुझौ तुलसी सर कृषिमा आत्मनिर्भर हुनु पर्यो रक नम्बर,दुइ नम्बर बैंकिंग सेक्टरको कुरा गर्दा खेरी संख्यात्मक रुपमा चाहि होइन गुणस्तरीय रुपमा चाहि बलियो हुनु पर्यो,संख्या चाही सिमित रुपमा राखेर बलियो, ठुलो साइजमा जानुपर्यो र प्रविधि बैंकिंग हुनुपर्यो त्यसरी बुझौ ?

कृषिमा चाहि अघि तपाइले भन्नु भयो आत्मनिर्भर मैले चाहि आत्मनिर्भर भन्दा पनि अगाडी जानु पर्छ  । हामी कतिपय कुराहरु जुन हामीक उत्पादन हुदैन हामि इम्पोर्ट पनि गर्ने आयात पनि गर्ने तर हाम्रो comparative र competitive advantage क्षेत्रहरु जुन छन हामीले कुन उत्पादन गर्दा बढी फाइदा हुन्छ त्यो उत्पादन गर्ने परंपरागत धान खेति छोडेर अरुमा फाइदा हुन्छ भने हामी अरुमा जानी हान इन्डियाबाट उत्पादन गरेको भन्दा सस्तोमा पाइन्छ भने इन्डियाबाट ल्याउने,चाइनाबाट किनेर लेउनि एकातिर भने अर्कातिर उनीहरु भन्दा हामि सस्तोमा त्पादन गरेर राम्रो क्वालिटिको चाहि उत्पादन गरेर उनिहरुकोमा पठाउनि  । त्यस कारणले हामि चाही production गर्नुपर्छ  ।

तुलसी सर मर्जरको प्रसङ्गमा अहिले बजारमा के चर्चा छ भन्दा खेरि हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंक त्यसका अलावा कुनै सानो बैंक हजुरले भनिसक्नु भो रिटेलमा पनि फोकस गर्नी हाम्रो इक्षा छ, एउटालाई तीनटा मिलेर साचिकै बिग मर्जर हामीले भनिरा छम त्यो वास्तवमा बिग मर्जर अब चाही हुने वाला छ है,  इन्भेस्टमेन्ट बैंक र हिमालयन र अर्को एउटा कुनै सानो यो बजारमा चर्चा छ हल्ला छ, यसका पछाडी कतिको सत्यता छ ?

चर्चा त जेपनि छ अझै हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंक मर्ज हुने चर्चा त वर्षौ पुरानो पनि हो  । अब म चाही के भन्न चाहन्छु भन्दा खेरि अहिले हामी ठ्याकै त्यो पक्ष्मा चाहि छैनौ हिमालयन बैंकले पनि एउटा मर्जर कमिटि बनाको छ र हामीले कमिटीलाई जिम्मा देको छम अहिले कोभिडको कारण र कमिटि भित्रै मित्रहरु प्रभावित हुनु भएको कारणले अहिले अघि बढाउन गार्हो भाको छ  । हामी अहिलेलाई ओपन छौ सरकारी बैंक बाहेकका प्राइभेट बैंक मध्य जुनसुकै बैंक ओपननै छ तर अब तपाइले भने जस्तो के छ भन्दा खेरि सबै बैंकहरुको सम्भावनालाई नकार्न सकिदैन तर धेरै प्रोग्रेस अगाडी बढी सकेको अवास्था होइन तर पनि कुरा क हो भने बैंकहरुले आफुसंग धेरै कुरा हेर्नुपर्ने पनि हुद रैछ  । अब ठुला ठुला,इकक्वेल इकक्वेल बैंकहरु मर्ज भए भनि के हुनी भो त्यहाँ चाही मर्जर हुने भो त्यहाँ चाही बोर्ड देखि लिएर कर्मचारी वेवास्थापन कुराहरु लिएर त्यसको चाहि pricing,शेर pricing गर्ने कुरामा नामकै कुराहरुमा हरेक कुराहरुमा चाहि गर्नुपर्ने स्थिति हुन्छ  । सन्तुलन राखेर दुवै पक्षलाई मान्ने दाइलग छलफलको बढी आवस्यकता पर्छ  । अर्को खालको बैंकहरु चाहि कुन चाहि स्थिति हुन्छ भने यस्तो धेरै दाबि नगर्ने बैंकको बोर्डमा पनि धेरै दाबि नगर्ने खालको त्यो भनेको सिदै acquire गर्ने खालको ,तर अहिले हिमालयन बैंकको PERSPECTIVE बाट भन्नु पर्दा अहिले हिमायालन बैंकको अध्यक्षको हिसाबले हाम्रो प्रयास चाहि के हो भने अब मर्जर भनेको सानो होइन बिग मर्जरमा नै जानु पर्छ भन्ने थ्यो तर हामि अरु बैंकहरुसंग पनि मिलेर जा भन्न सकिन्छ  । छलफल त् हामि दुइवटै लाइनमा जाउ भन्ने हो  । तर कुन बैंकसंग कुन हो भन्ने चाही अहिले अवस्था छैन तर त्यो पनि एक दुइ महिना भित्र प्रोगेस भयो भनि पक्कै तपैहरुले था पाउनु हुने छ  ।

जस्तो बजारमा हल्ला छ,इन्भेस्टमेन्ट बैंकसंग अगाडी प्रक्रिया पुगिसक्यो क्रस होल्डिंग पनि भको कुरा छ यसमा त्यति धेरै सत्यता छैन प्रक्रिया हेरेर अगाडी बढेको छैन ?

क्रस होल्डिंग होइन हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकको त्यस्तो समस्या छैन  । पहिली भएको पनि त्यो धेरै सेटल भैसकेको छ  ।अहिलेनै यहि बैंकसंग जाने भन्ने चाही तय भैसकेको छैन

तुलसी सर अहिले प्रणालिमा अधिक तरलता छ,यहा चाहि अध्यक्ष भको नाताले कस्तो ठाउमा लगानी अगाडी बढाउनको निमित्त कस्तो निर्देशन दिदै हुनुहुन्छ म्यानेज्मेंटलाइ हिमालयन बैंकको परिपेक्षमा के छ ?

तपाइले राम्रो प्रश्न गर्नु भयो तर अहिले समस्या के छ भने कुनै पनि वोर्क सेक्टर अहिले तन्दरुस्त भएर ठ्याकै aggressively डिमाण्ड गर्ने खालका धेरै देखिदैन  । त्यसैले हामिसंग तरलता अधिक भाको सन्दर्भमा जहाँ जहाँ संम्भव छ ठुला देखि साना कर्पोरेट सम्म रिटेल बिजनेसको पनि सबै ठाउमा फोकस र हरेक महिनाको सबै प्रोग्र्सहरु तयार गर्नुस ल्याउनुस बोर्डमा प्रस्तुत गर्नुस इसुहरु के के छन तर दशैँ अगाडी धेरै बैंको कर्मचारिहरुमा संक्रमण भाको कारणले अब म्यनटेन गर्ने मात्र अवस्था छ अगाडी बढ्न सक्ने अवस्था देखिएको छैन  ।फेरी बजार अलिअलि भए पनि सक्रिय हुन् थालेको छ अहिले चाहि अब हाम्रो चाहि कर्जाको माग बढ्ने र बैंकमा भएको तरलता घटदै जाने र कम्फ़रटेवल मा आउने छ  ।

तुलसी सर नेपालको बैंकिंग क्षेत्रलाइ के आरोप लाग्छ भनेनि धेरैनै नाफा क्षेत्र भयो तर अहिले त् यहाले भने जस्तै सुधार उन्मुख भएता पनि अधिक तरलताका कारण लोन खोसा खोस,यति सम्मकी कन्सोरीटियम मा रहेको फाइल पनि लिड बैंकले अन्य बैंकहरुसंग प्रक्रिया नपुर्याई आफ्नो नाममा बुक गरेको हुने हल्ला छन ?

हल्ला होइन तेस्तो केहि घटनाहरु घटेको जानकारी पनि छन  ।

यहालाई कस्तो लाग्छ अस्वस्थ प्रतिस्पर्धाका कारण के होला ?

अब त्यो चाहि स्वस्थ होइन,क्षेनिक लाभका लागि बैंकले तेस्तो बेबार गर्नु हुन् जस्तो मलाइ ;लाग्छ  । भोलि तिन महिना चार महिना पनि कुर्न नसक्ने अवस्था स्वभाविक रुपमा ऋण लिने मान्छेले सस्तोमा जाने तर बैंकहरुले अडिनु पर्छ हुन् त् हाम्रो पोलिसिले दिएको अवस्था पनि हो नर्मल अवस्था पनि कहिले काही क्लाइन्तलाइ चाहि uncomfortable लाग्यो भने चाहि एउटा बैंकबाट अर्को बैंकमा जाने हिजोको दिनमा पनि थियो तर यो बिचमा अलि खोसाखोस यहाले भने जस्तै देखिएको छ तर त्यसको कारण के हो भनि तरलता बढी भो भनेर बैंकहरु आतिएको स्थिति हो  । केहि बैंकहरु आतिएर शर्ट ग्यनको लागि भए पनि अलिकति अस्वस्थ प्रतिष्पर्धा गर्ने खोजेको इस्थिती हो  । मलाइ पनि त्यो राम्रो हो लाग्दैन र कुनै पनि बैंकहरुले त्यो नगर्न मेरो सुझाब छ  ।

सरकारले राजस्वको बारेमा सोचने,बैंकहरु नाफाको बारेमा सोच्ने,निक्षेप्कर्ताको बारेमा सोच्दिने कोहि पनि भएन,यहाको अध्क्ष्य हरुको परिषदले पहल गर्न सक्दैन ?

गरि राखेकै छ,  अब यो हाम्रो अध्क्षयहरुको परिषद धेरै पुरानो पनि होइन एक वर्ष भयो स्थापना भएको त्यो भन्दा पहिलेनै स्थापना भएका बैंकका सियियोहरु हुनुहुन्छ  । अहिले मार्केटले नै सपोर्ट गरेको छैन इकोनोमिक अलिक बिस्तारै टेकअफ भएर जान्छ तर एउटा स्थर हाम्रो ब्याजदर ५/६% भयो भनि हाम्रो पुजी पलाइन पनि रोकिन्छ र हाम्रो निक्षेप् कर्ताहरुलाई पनि चित्त बुझाउने मेलो हुन्छ तर कम्तिमा पनि मेरो पैसा आज एक लाख बैंकमा छ भने आजको चाहि त्यसको क्यापासिटी चाहि पर्चेजिंग पावर चाहि त्यो भन्दा घट्नु भएन यदि हाम्रो inflation चाहि ६%को हाराहारीमा छ भने हामीले ६% बराबरको त्यसको वरपर चाहि हामीले ब्याज दर म्यनटेन गरेर राख्दिनु पर्छ तर हेर्नुहोस् युरोप अमेरिकातिर नेगेटिभ छ,तपाइले पैसा बैंकमा राखे बापत तपाइले अलिकति चार्ज तिर्नुपर्छ नेगेटिभ ब्याजदर छ त्यहा अब हाम्रो चाहि यो अब लामो समयसम्म टिक्दैन किन भने हामीले सामान्य निक्षेप कर्ताको ब्याज दर चाहि हाम्रो मुद्रा स्तुतिको हाराहारीमा चाहि स्वस्थ भएर अगाडी जान्छ्म  ।

कम्तिमानी मुद्रा स्फित्ति बराबरको ब्याज दर चाहि रहीदियो भने निक्षेप कर्ता लाभान्वित हुन्थे !

लाभान्वित भन्दा पनि उनीहरुलाई चित्त बुझाउने बाटो हुन्थ्यो उनीहरुको पैसा घटदैन थियो, खिहिदैन थ्यो  ।

अन्त्यमा महिले भन्न छुटाएका हजुरलाई भन्न मन लागेका केहि छ ?

अब म के भन्न चाहान्छु भने हिजो हामि बिस्तारै अहिले पनि बैंकहरुको पउच हाम्रा धेरै नागरिकहरु संग छैन तर बैंकिंग नलेज चाहि धेरै बढेको अवस्था छ  । गाउँगाउँमा पुगेका सहकारी संस्थाहरु त्यस पछि आएर अरु वित्तीय संस्थाहरु यी सबैले प्राक्टिसको रुपमा लिएका छन र कमर्सियल बैंकहरुको उपस्थिति कम छ  । ४,५ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छैन भन्ने रिपोर्टले देखाउछ  । तर अब हामि सबै नागरिकहरुले बैन्क्किंगको बारेमा जानकारी राख्नु पर्यो,बैंकिंग कारोबारमा आवद्द हुन् पर्यो ,हाम्रो हरेक क्रिया कालापहरुलाई चाहि बैंक मार्फत गर्ने परम्परा सुरु गर्नु पर्यो  । हामीले उत्पादन गरेको चिजलाई बेच्ने र त्यो बेचेको पैसा बैंकमा राख्ने र बैंकबाट सापटी लिएर आफ्नो गर्जो तार्ने उत्पादनशील क्षेत्रमा पुजी परिचालन गर्ने  । अब हामि चाहि किसानलाई भन्छु,बेरोजगारी युवालाई भन्छु,शिक्ष्क लाइ भन्छु केहि न केहि एउटा सिपको काम गरौ पेसाको काम गरौ र बैंकहरुलाई चाही त्यसको सारथिको रुपमा लिउ र स्थानीय तहहरुलाई अनुरोध गर्न चाहन्छु स्थानीय तह स्थानीय सरकारले धेरै थोक गरौ र सबै स्थानीय तहहरुको फरक फरक स्थिति,सम्भावना चुनातिहरु पनि छन र स्थानीय तहहरुले पनि बैंक संग हातेमालो गरेर अघि बढौ भन्न चाहन्छु र स्वदेशमा भएको पुजीलाई नै परिचालन गर्दै जाउ  । बैंको हिजोको जस्तो चेकको सिस्टम हटाएर एतिम र अलि दिन पछि एतिम ;पनि चाहिदैन तपाइको मोबाइलनै एतिम हो र हामिल;ए यासरि हाम्रो सपना हरु साकार पार्न सक्छौ  ।

समय र संवादको लागि धेरै धेरै धन्यवाद !

हजुरलाई पनि धेरै धेरै धन्यवाद !

 

 

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्