इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~ इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु भएको छ । सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएमई रेमिटेन्सबाट रकम पठाउन सक्ने छन । सो नगदमा पठाइएको रकम नेपाल भर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिने छ । बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएमईले छिट्टै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्ने भएको जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्