कोरोनाबाट नेकपाका जिल्ला कमिटी सदस्य चन्द्र भुसालको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो । मुटुसम्बन्धी रोगबाट पीडित भुसाललाई कात्तिक ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्