सरकारले पेन्सन वितरण प्रणाली परिवर्तन गरेसँगै बैकको नाफामा कटौती हुने

Machchapuchchre

अर्थ राजनीति ~ सरकारले पेन्सन वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ । पेन्सन वितरण प्रणालीमा परिवर्तन  गरेसँगै बैकको नाफामा कटौती हुने भएको छ । पेन्सन वितरणमा बैंकले पाउँदै आएको १ प्रतिशत कमिसन सरकारले कटौती गरेको छ ।  सरकारको संचित कोषबाट पेन्सन रकम भुक्तानी गर्ने बैंकहरुलाई शोधभर्ना वापत १ प्रतिशत सेवा शुल्क दिने व्यवस्था रहेकोमा विद्युतीय भुक्तानी प्रणालीमार्फत निवृत्तिभरण रकम सोझै बैंक खातामा पठाउने प्रबन्ध गरिएको हो ।  यो व्यवस्था गरिएसँगै बैंकले कमिसनवापत कमाउदै आएको ५५ करोड रुपैयाँ गुम्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्