अब नयाँ गभर्नर को बन्ला ?

Machchapuchchre

अर्थ राजनीत । वर्तमान गभर्नर चिरन्जीवी नेपालको कार्य अवधि आउदो चैतको पहिलो हप्ताबाट सकिदैछ । चिरन्जीवी  नेपालको कार्यकाल सकिने बितिकै उहाको ठाउँमा नयाँ गभर्नर आउने छ । अहिले गभर्नर पदका लागि धेरै जना व्यक्तिहरु लागि परिरहनु भएको छ ।

रास्ट्र बैंकका वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि अहिले गभर्नर पदका लागि जुटीरहनु भएको छ । गभर्नर पदको कुर्सीमा बस्नको लागि उनि केपी ओलीलाई मनाउन प्रयास गर्दै छन । सिवाकोटी ओलीकै गृहजिल्ला झापाका हुन् भने पुर्खेउली पनि दुवै जनाको तेरथुम हो । उनले केहि हप्ता अगाडी ओलीकै हातबाट आफुले लेखेको पुस्तकको बिमोचन पनि गराएका थिए ।  गभर्नर पदको लागि उनले आफुलाई  एकदमै राम्रो दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन ।

गभर्नरको पदका लागि त्यस्तै गरि अर्को दावेदार रास्ट्र बैंकका सञ्चालक चाटर्ड एकाउन्टेणट डा. सुबोध कर्ण पनि रहेका छन । कर्ण पनि गभर्नर पदका लागि सक्रिय रुपमा लागि परेका छन । कर्णलाई नेकपाका नेताहरुले महालेखा परिक्षकमा नियुक्त गर्ने आश्वासन विगतमा दिएका थिए । गभर्नर बन्नैकै लागी कर्ण अहिले शक्ति केन्द्र धाइरहेका छन । सिवाकोटी र कर्ण दुई जना बीच प्रतिस्पर्दा भैरहेको छ । गभर्नरको दौडमा हालमात्रै अनियमितताको आरोपबाट मुक्त भएका रास्ट्र बैंकका अर्को डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि छन ।  गभर्नरको कुर्सिको लागि अर्को दावेदार डा. राजन खानालाई पनि राम्रो प्रतिस्पर्दीको रुपमा हेरिएको छ । मन्त्री खतिवडाले गर्ने गभर्नरको शिफारिसमा खनालको नाम समेटिने सम्भावान्ना बलियो देखिन्छ ।

रास्ट्र बैंकबाट अवकास पाएर हाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, रास्ट्रीय योजना आयोगका पुर्व उपाधय्क्ष मिनबहादुर श्रेष्ठ, पुर्व राजस्व सचिव लालशंकर घिमिरे, रास्ट्रीय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतलाई गभर्नरको दावेदारका रुपमा हेरिएको छ । गभर्नर पदका लागि दाबेदारी प्रस्तुत गर्नुभएका यी व्यक्तिहरु मध्ये कर्ण र शिवाकोटी अलि अगाडी परेको देखिन्छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्