बैंकिंग क्षेत्रमा मर्जरले गति लिदै

Machchapuchchre

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज तथा एक्विजिशनमा जान आफ्नो तर्फबाट सहमति दिएको छ । नेपाल रास्ट्र बैंकले सनराइज बैंकलाई सिर्जना फाइनान्सलाई आफ्नोमा मर्ज गर्न सहमिति दिएको छ । हाल सनराइज बैंकको चुक्ता पुंजी ८ अर्ब १६ करोड रुपया रहेको छ भने सिर्जना फाइनान्सको चुक्ता पुंजी ७३ करोड रुपैया रहेको छ । यी दुइको मर्ज पछी सनराइज बैंकको चुक्ता पुंजी ९ अर्ब ७० करोड रुपैया पुग्ने छ । नेपाल रास्ट्र बैंकले सजिलो लघुवित्तको जोडीलाई पनि मर्जमा जान स्वीकृति दिएको छ । सजिलो लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थासँग मर्जमा जाने भएको छ । सजिलोको लघुवित्तको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ भने समिटको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यी दुइको मर्ज पछी समिट लघुवित्तको चुक्ता पुंजी ३५ करोड ८९ लाख रुपैया पुग्ने भएको छ । त्यसै गरि सारथि लघुवित्त र नयाँ नेपाल लघुवित्त संस्था मर्जरमा जानलाई नेपाल राष्ट्र बैंकले सहमति दिएको छ । हाल नयाँ नेपाल लघुवित्तको चुक्ता पुंजी १० करोड ८ लाख रुपैया रहेको छ भने सारथि लघुवित्तको चुक्ता पुंजी ११ करोड ४ लाख रुपैया रहेको छ । नयाँ नेपाल लघुवित्त, सारथि लघुवित्तमा गाभिए पछी सारथी लघुवित्तको चुक्ता पुंजी २१ करोड १२ लाख रुपैया पुग्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्