न्युजिल्याण्डकी प्रधानमन्त्रीको कांधमा झोला, हातमा ब्रिफकेस

Machchapuchchre

 

अर्थ राजनीति । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आरडेन  आफ्नो छिमेकि देश अष्ट्रेलियामा पुगेकी छिन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसंग भेटवार्ता गर्न ज्यसिन्दा  अष्ट्रेलियामा पुगेकी हुन् । उनि विमानस्थलमा पुग्दा उनका स्वागतका लागि अष्ट्रेलियाका अधिकारीहरु पुगेका थिए । ज्यासिन्डाले  जहाज बाट झरेको देख्दा सब जना आर्श्चर्यमा परे । उनि प्रधानमन्त्री भएर पनि जहाजबाट सामान्य यात्रु जसरि बाहिर आइन । उनको काधमा झोला थियो भने हातमा उनले  ब्रिफकेस बोकेकी थिईन । उनलाई हेर्दा लाग्दैन थियो कि उनि प्रधानमन्त्री हो भनेर । उनले गाडीमा आफ्नो सामान आफैले राखिन कसैको मद्दत मागिनन् । उनको यस्तो क्रियाकलापले गर्दा उनको वीश्व भरि नै चर्चा भैरहेको छ र उनि सामाजिक संजालमा एकदमै लोकप्रिय बनेकी छिन । उनको यो क्रियाकालाप बाट नेपालको नेताहरुले पनि पाठ सिक्नु पर्ने देखिन्छ ।

ज्यासिन्डाले पत्रकारहरुसंग बोल्दै ‘गएको एक वर्षले न्युजिल्याण्ड र अष्ट्रेलियाको एकदमै घनिष्ट सम्बन्धलाई दर्साएको बताइन’ । अष्ट्रेलियामा समस्या आइपर्दा होस् वा सैयोअधिकारी न्युजिल्याण्डबाट यहा सहयोग गर्न पुगेको होस् । ‘हामीसंग यस्ता धेरै उदाहरणहरु छन जसले हामी दुइ देश एकदमै नजिक र हाम्रो मित्रता एकदमै बलियो छ भन्ने दर्साउछ’ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्