सेञ्चुरी बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण

Machchapuchchre

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनका विद्यार्थीहरुका लागि पोशाक वितरण गरेको छ । बैंकले चितवनको इच्छाकामनास्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

विद्यालयको २६ औं वार्षिकउत्सवको उपलक्षमा कक्षा एक देखी पाँच कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि एक सय २२ थान पोशाक विगरण गरेको बैंकले जनाएको छ । बैंकका नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई उक्त पोशाक हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्