गभर्नर डा. नेपालको अन्तिम मौद्रिक समिक्षा

Machchapuchchre

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन केहि हप्ता बाकि रहेको छ । उनको कार्यकाल सकिन लागेको बेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक समिक्षा  सार्वजनिक गर्ने भएका छन । मौद्रिक समिक्षामा के के विषय समेट्ने भनेर व्यवस्थापन समितिमा अघिल्लो दिन बिहान छलफल गरिएको छ । गभर्नर, डेपुटी गभर्नर र उच्च व्यवस्थापकहरु छलफलमा सामेल भएका छन । व्यवस्थापन समितिबाट पारित भएको समिक्षा प्रतिवेदन आजै बेलुकी बस्ने सञ्चालक समिति बैठकमा प्रस्तुत गरिने छ । मौद्रिक समिक्षा मंगलबार पारित भए पछी मंगलबार दिउसो नै सार्वजनिक गरिने भएको छ ।

गभर्नरले आफ्नो कार्यकालमा निक्कै कडा नीति अबलम्बन गरिरहेको, एक पछि अर्को नियम र कानुन मात्र थोपरेको आरोप लागिरहेको बेला, समिक्षामार्फत केहि खुकुलो समिक्षा ल्याउने  र आर्थिक बृद्दी दर घट्ने संकेत देखिएकाले ऋण विस्तारका लागि आवस्यक समिक्षागत सहुलियत दिने तरखरमा उनले मौद्रि समिक्षा  सार्वजनिक गर्न लागेका हुन् ।

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्