सफल शल्यक्रियाको कामना गर्दै मोदीले दिए ओलीलाई सुभकामना

Machchapuchchre

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सफल शल्यक्रिया र साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

‘मेरा मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भगवान् पशुपतिनाथले तपाईंलाई सधैँ सुस्वास्थ्य, खुशी र दीर्घायुको आशीर्वाद दिऊन्। भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईँको निरन्तर योगदान रहन्छ भन्ने विश्वास गरेको छु’, मोदीले ट्वीटमा लेखेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्