प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाले लिए जानकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले बुधबार महाराजगन्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए । डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारभन्दा आज सुधार रहेको जानकारी दिएको सभापति देउवाका निजी सहयोगी भानु […]

उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले […]

पद सम्हालेको चार दिन नबित्दै महाराष्ट्रका मुख्यमन्त्रीद्वारा राजीनामा

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले राजीनामा दिएका छन्। तीन दिनअघि मुख्यमन्त्रीको सपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। यसअघि आजै भारतको सर्वोच्च अदालतले उनलाई बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो। राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिने कुरा नभएको तर पछि चुनावी परिणाम आइसकेपछि बखेडा झिकेको बताए। […]

बालुवाटारकाे जग्गा काण्डकाे निर्णय फाइल मन्त्रालयबाट गायब

काठमाडौं । बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ। प्रधानमन्त्री निवास विस्तारको नाममा बालुवाटारको जग्गा हिनामिना गरेको नक्कली मोही र गुठी खडा गर्नेलगायत कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी सिआइबीले प्रतिवेदन तयार पारिरहको छ। सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सिआइबीले ललितानिवास बालुवाटार जग्गा हिनामिनाको छानबिन अन्तिम चरणमा पुगेको […]

दार्चुलाबाट क्रान्तिकारीका ६ जना गिरफ्तार, कार्यक्रम बिथोल्न होटल-होटलमा प्रहरीको छापा

दार्चुला । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले दार्चुलाको सदरमुकाम खलंगामा आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा प्रदर्शनमा उत्रिएका ६ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेकपाको भातृसंगठन सेती, महाकाली व्युरोले आयोजना गरेको कार्यक्रम बिथोल्न प्रहरीले होटल होटलमा छापा हानेको […]

सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त सुरक्षा गस्ती

बर्दिबास । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले […]

सरकारद्वारा २० सह–सचिवको दरबन्दी थप, १९ पहाडी जिल्लामा एसपी खटाइने

काठमाडौं । सरकारले २० जना सह–सचिवको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहनेछ । गृह […]

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका छन् । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले दुई पक्षीय हितका विषयमा छलफल गरेका हुन् । भेटमा उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगका विषयमा महत्वपूर्ण धारणाहरु आदानप्रदान भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘धेरै […]

उर्जामन्त्री पुन र चीनको युनान प्रान्तका गर्भनरबीच भेटवार्ता

काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो । मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत […]

दाङका ७ सय ४० उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

दाङ । दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । त्यसलाई व्यवस्थित र पारदर्शी […]