प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाले लिए जानकारी

Machchapuchchre

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले बुधबार महाराजगन्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारभन्दा आज सुधार रहेको जानकारी दिएको सभापति देउवाका निजी सहयोगी भानु देउवाले बताए । प्रधानमन्त्री ओलीको मंगलबार ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी मंगलबार बिहान सो सेन्टरमा गएका थिए । एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्