गिरफ्तार नेता कार्यकर्ता रिहा गर्न क्रान्तिकारीको माग, ओली-बादललाई आयो चेतावनी, विज्ञप्तिसहित

Machchapuchchre

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सेती-महाकालीले गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई रिहा माग गरेको छ । सेतिमहाकालि क्षेत्रीय समन्वय समिती मंगलबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा हस्तक्षेप गरेर निर्मम दमनमा उत्रिएको भन्दै उक्त सङ्गठनले घोर निन्दा गरेको छ ।

समन्वय समितीका संयोजक बिरेन्द्र शाहले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियताको पक्षमा पूरा देशनै आन्दोलनमा रहेको बेला , सर्वोच्च अदालतले समेत राष्ट्रियताको प्रदर्शनमा दमन धरपकड र गिरफ्तार नगर्न फैसला गरेको बेला राज्यद्वारा गरिएको दमन र धरपकडले बर्तमान सरकार राष्ट्रघाती भएको पुष्टि भएको बताएका छन् ।

‘भारतीय साम्राज्यवाद द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सामा दार्चुला जिल्लाको भुभाग कालापानी ,लिम्पियाधुरा र लिपुलेक समावेश गरिएको विषय र भारतीय हस्तक्षेपका विरुद्धमा हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) सेतिमहाकालि क्षेत्रीय समन्वय समिती द्वारा २०७६-०८-१० गतेका दिन दार्चुलाको सदरमुकाम खलंगामा विरोध प्रदर्शनको कार्यक्रममा राज्यपक्ष बाट गरिएको निर्मम दमन निन्दनीय र घृणित छ जसको घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं । राष्ट्रियताको पक्षमा पूरा देशनै आन्दोलनमा रहेको बेला , सर्वोच्च अदालतले समेत राष्ट्रियताको प्रदर्शनमा दमन धरपकड र गिरफ्तार नगर्न फैसला गरेको बेला राज्यद्वारा गरिएको दमन र धरपकडले यो सरकार राष्ट्रघाती भएको पुष्टि भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

ओली-बादल गृह प्रशासनले मानवअधिकारका सम्पुर्ण मुल्यमान्यता, आफैले बनाएको कानुन र नागरिकको मौलिक हकमाथि नाङ्गो नाच नाच्दै सयौंको संख्यामा सादा तथा बर्दिवाला प्रहरीहरु र सशस्त्र प्रहरी बल लगाई क्याम्पस र स्कुल भित्रबाट कुटपिट गर्दै सङ्गठनका छ जना विद्यार्थी नेताहरु तिलक, सुवास, ध्वनि, ललित, गणेश र दिपकलाई गिरफ्तार गरि बन्धक बनाएको संयोजक शाहले बताएका छन् । उनले गिरफ्तार सबै जनाको ससम्मान रिहाईको जोडदार माग समेत गरेका छन् । संयोजक शाहले बासस्थानबाट ११ वटा झोला , मोबाईलहरु बिलबुक र अन्य सामाग्रीहरु पनि कब्जा गरेर लागेको जानकारी विज्ञप्तिमार्फत दिएका छन् ।

‘दलाल केपिबादल गृह प्रशासन द्वारा मानवअधिकारका सम्पुर्ण मुल्यमान्यता, आफैले बनाएको कानुन र नागरिकको मौलिक हकमाथि नाङ्गो नाच नाच्दै सयौंको संख्यामा सादा र बर्दीधारी प्रहरीहरु र सशस्त्र प्रहरी बल लगाई क्याम्पस र स्कुलभित्रबाट कुटपिट गर्दै हाम्रो सङ्गठनका छ जना विद्यार्थी नेता तिलक, सुवास, ध्वनि, ललित, गणेश र दिप लाई गिरफ्तार गरि बन्धक बनाईएको छ , उहाँहरुको ससम्मान रिहाईको जोडदार माग गर्दछौं । साथै बसस्थान बाट ११ वटा झोला , मोबाईलहरु बिलबुक र अन्य सामाग्रीहरु पनि लुटपाट गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीले देश बेच्न दलालहरु र नागरिकहरुको मौलिकहक माथि बन्देज लगाउने प्रशासनको भन्डाफोर गर्दै संघर्षमा साथदिन सम्पुर्ण मानवअधिकारवादी, कानुन व्यवसायी, युवा विद्यार्थीहरु सबैमा हार्दिक अपिल समेत गरेको छ । आफ्नो सङ्गठनका विद्यार्थी नेताहरु ससम्मान रिहाई नगरिए कडा संघर्ष उत्रिने चेतावनी समेत क्रान्तिकारीले दिएको छ । साथै देश बेच्ने दलालहरुको निर्देशनमा उत्तेजित नबन्न र उनिहरुको मतियार नबन्न सुरक्षाकर्मीहरुलाई आग्रह पनि विज्ञप्तिमार्फत गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्