अर्घाखाँचीबाट बुटवल आउँदै गरेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

Machchapuchchre

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिए। बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो। अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ। घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो। बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ। के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ। दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्