बालुवाटारकाे जग्गा काण्डकाे निर्णय फाइल मन्त्रालयबाट गायब

Machchapuchchre

काठमाडौं । बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ। प्रधानमन्त्री निवास विस्तारको नाममा बालुवाटारको जग्गा हिनामिना गरेको नक्कली मोही र गुठी खडा गर्नेलगायत कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी सिआइबीले प्रतिवेदन तयार पारिरहको छ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सिआइबीले ललितानिवास बालुवाटार जग्गा हिनामिनाको छानबिन अन्तिम चरणमा पुगेको बताए। सिआइबीले उक्त प्रतिवेदन अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलगायतका सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनको भनाइ छ। अन्य विषयमा भने थप बोल्न नमिल्ने एसपी पाण्डेले बताए।

सिआइबी स्रोतका अनुसार प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने अधिकारीहरूलाई दोषी ठहर गरी कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाउने तयारीमा सिआइबी छ। प्रतिवेदन लेखनको काम अन्तिम चरणमा रहेकाले बढीमा एक हप्ताभित्र छानबिन प्रक्रिया टुंग्याउने गरी काम भइरहेको बताइन्छ।

सिआइबीले बालुवाटारको प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना बनाउने र त्यो प्रस्ताव पेस गर्ने तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका उच्चअधिकारीहरूमाथि छानबिन गरिरहेको स्रोतले बतायो। नागरिक दैनिकले खबर छापेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्