मध्यरातमा मेडिकल कलेज सञ्चालक र सरकारबीच भयो यस्तो सहमति, अतिरिक्त शुल्क फिर्ता हुने

Machchapuchchre

काठमाडौं । अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गर्दै आएका निजी कलेजका सञ्चालक र सरकारबीच मंगलबार मध्यरातमा दुई बुँदे सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा बसेको २ पक्कोषीय बैठकमा निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् । शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो ।

शुल्कको विषयलाई लिएर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा थिए । मन्त्रिपरिषद बैठकले नै मेडिकल शिक्षाको शुल्क निर्धारण गर्ने गरेको भएपनि मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग बढी शुल्क उठाउँदै आएका थिए । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले शुल्कको विषयमा छानविन शुरु गरेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा २ अर्व ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ बढी लिएको तथ्यांक सहित कारबाहीका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो । सतर्कता केन्द्रको प्रतिवेदन पछि सरकाले मेडिकल कलेजहरुलाई कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो । तर सरकारको अन्तिम अल्टिमेटम हिजो (मंसिर १० गते) सकिँदा पनि मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया शुरु गरेका थिएनन् ।

मंगलबार मात्रै पनि निजी कलेजका सञ्चालकहरुले सबै अतिरिक्त शुल्क फिर्ता गर्न नसकिने अडान लिएका थिए । उक्त अडानपश्चात सरकारले पुनः मंगलबार मध्यरातिसम्म बार्ता गरेको हो । सरकारले यसअघि नै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्धामा कारबाही अगाडी बढाउने घोषणा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्