दार्चुलाबाट क्रान्तिकारीका ६ जना गिरफ्तार, कार्यक्रम बिथोल्न होटल-होटलमा प्रहरीको छापा

Machchapuchchre

दार्चुला । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले दार्चुलाको सदरमुकाम खलंगामा आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा प्रदर्शनमा उत्रिएका ६ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

नेकपाको भातृसंगठन सेती, महाकाली व्युरोले आयोजना गरेको कार्यक्रम बिथोल्न प्रहरीले होटल होटलमा छापा हानेको अखिल क्रान्तिकारी सेती, महाकाली व्युरो संयोजक विरेन्द्र शाहले बताए । त्यस्तै प्रहरीले विद्यार्थीमाथि धरपकड गरेपछि नेकपा दार्चुलाले विरोध गरेको छ । नेकपा दार्चुला इन्चार्ज आकाश र लक्ष्मणले विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थीलाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।

यस्तो छ ,विज्ञप्ति
यति बेला नेपाल कम्युनिस्ट पार्टीले साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका जनविरोधी कदम बिरुद्ध निर्मम तरिकाले संघर्ष गरिरहेको छ । देशका शासकहरु विदेशी शक्तिको आडमा नेपाली जनतामाथि एकपछि अर्को उत्पीडन थोपरिरहेका छन् । आज शासकहरुको दलाली चरित्र दिनानु दिन जनताको बीचमा एकपछि अर्को गरी उदाङ्गो भईरहेको छ । भारतीय क्षेत्रीय साम्राज्यवादको नेपाल माथिको उत्पीडन चरम बिन्दुमा पुगेको छ । भारतीय साम्राज्यवादले नेपालको भूमि कालापानीलाई आफ्नो राजनीतिक नक्सामा समेटेर जाली नक्सा सार्वजनिक गरेको छ । त्यसको सच्चा देशभक्त र राष्ट्रवादी नेपाली जनताले विरोध गरिरहेका छन् ।

तर भारतीय साम्राज्यवादको कठपुतली प्रचण्ड ओली मण्डली भने त्यसको विरोध गर्नुको साटो सडकमा शान्तिपूर्ण तरिकाले आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि दमन गर्न उद्धत रहेको छ । त्यसैक्रममा नेकपाको भातृसंगठन अखिल क्रान्तिकारी सेती, महाकाली क्षेत्रीय समन्वय समितिले दार्चुलाको सदरमुकाम खलंगामा राष्ट्रियता सम्बन्धि अयोजना गरेको विरोध प्रदर्शनमा ओली बादल नेतृत्वको प्रशासनले धरपकड गरेको छ । स्थानीय प्रशासनले शसस्त्र प्रहरीको परिचालन गरी ६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरी र शसस्त्र प्रहरीले गुण्डागर्दी शैलीमा विद्यार्थीहरुका झोला च्यात्ने, मोबाईल फाल्ने र विद्यार्थीहरुमाथि कुटपिटसमेत गरेको छ ।  कालापनी, लिपुलेक र अन्य ठाउँमा भारतले गरेको अतिक्रमणका बिरुद्ध शान्तिपूर्ण प्रदर्शमा उत्रिएका विद्यार्थीमाथि ओली प्रचण्डको सामाजिक फासिवादी हर्कतको घोर भत्र्सना गर्दै पक्राउ परेका सम्पुर्ण विद्यार्थीहरुलाई बिना शर्त रिहाईको माग गर्दछौँ । अन्यथा त्यसको कडा प्रतिवाद गरिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्