देउवाले पोखरामा दिएकाे अभिव्यक्ति झुठो र अनैतिक भएको भन्दै प्रचण्डको आपत्ति
चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्याका विषयमा प्रधानमन्त्री ओलीलाई आरोप लगाउँदै पोखरामादिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । भरतपुर महानगरपालिका–१६ को चुनावी सभामा बोल्दै प्रचण्डले भने, ‘त्योभन्दा अनैतिक र झुठो अभिव्यक्ति केही हुनसक्दैन । त्यो विक्षिप्त नभएको सामान्य मान्छेले बोल्न सक्ने भाषा हैन […]
