प्रधानमन्त्री ओलीको चौथो पटक डायलासिस

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चौथोपटक डायलासिस गरिएको छ । उनको आइतबार ग्रान्डी अस्पतालमा डायलासिस गरिएको हो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु गरिएको जानकारी दिइन् । ११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो ।

उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो । चिकित्सकका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ ।

त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पु-याउँछ । क्रियाटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनाउनु हो । अधिकांश एन्टिबडी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्