एकाबिहानै पोखरामा वडा अध्यक्षको गाडीमा विस्फोट, यस्तो छ थप अपडेट

Machchapuchchre

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गराइएको छ। मंगलबार बिहान ३ बजेतिर उक्त विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। विसफोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ तर के कति क्षति भयो भन्ने बारेमा एकिन भइसकेको छैन।

प्रहरीले कसले र के कारणले विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले आसन्न कास्की-२ को उप-निर्वाचनलाई लक्षित गर्दै त्रास उत्पन्न गराउने उदेश्यले विस्फोट गराइएको अनुमान गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्