हतियार राखेर फसाउन खोजेपछि विप्लवपुत्र प्रकाशले निकाले यस्तो कडा विज्ञप्ति, विद्यार्थी आक्रोशित

Machchapuchchre

काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले प्रहरी र प्रशासन मिलेर होस्टलमा हतियार राखी तस्बिर खिचाएर विद्यार्थीलाई फसाउन खोजेको भन्दै आक्रोश पोखेका छन् । साथै सरकारले मेडिकल माफियाको स्वार्थमा फसेर विद्यार्थी र अभिभावकको घाँटी रे’टि’र’हे’को बताएका छन् । नेकपा महासचिव विप्लवपुत्र समेत रहेका प्रकाश चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ ।’

उनले यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा हासिल गर्ने र सबै जनताका छोराछोरी डाक्टर बन्ने सपना साकार पार्न सबै विद्यार्थी, युवा, बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरूमा अपिल समेत गरेका छन् । मेडिकल शिक्षा लिइरहेका हजारौँ विद्यार्थीले चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै मेडिकल माफिया, भ्रष्ट र दलालका विरुद्ध र राज्यले गरेको निर्णय लागू गराउन सङ्घर्षमा होमिएको आज ३ महिनाभन्दा बढी भइसक्दा पनि सङ्घर्षका क्रममा विद्यार्थीलाई कहिले प्रहरी प्रशासन लगाएर कुटिने र धम्की दिइने त कहिले भारतीय गुन्डाहरूको प्रयोग गरी मरणासन्न हुनेगरी कुटिनेजस्कातो घृणित कार्य गरिएको उनले बताएका छन् ।

संयोजक चन्दले भनेका छन् -, ‘नेपालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिनानुदिन निकै भयावह र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । कम्युनिस्ट भनिने दुई तिहाइको सरकार कहिले समाजवाद उन्मुख भन्छ त कहिले सुखी नेपाली समृद्ध नेपालको ढोङ पिट्छ तर यहाँ दिनदाहडै निर्मला बलात्कृत हुन्छिन्, दिनदाहडै सस्तो एप्रोनलगायत विद्यार्थी कुटिन्छन्, बन्धक बनाइन्छन् । मेडिकल शिक्षा लिइरहेका हजारौँ विद्यार्थीले चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै मेडिकल माफिया, भ्रष्ट र दलालका विरुद्ध र राज्यले गरेको निर्णय लागू गराउन सङ्घर्षमा होमिएको आज ३ महिनाभन्दा बढी भइसक्यो भने डा. गोविन्द केसी १७ औँ पटकसम्म जीवन–मरणको अनशन बसिसकेका छन् । सङ्घर्षका क्रममा विद्यार्थीलाई कहिले प्रहरी प्रशासन लगाएर कुटियो, धम्की दिइयो त कहिले भारतीय गुन्डाहरूको प्रयोग गरी मरणासन्न हुनेगरी कुटियो ।’

राज्य मेडिकलसम्बन्धी शिक्षा नीति बनाउन पनि नसक्ने र निर्णय लागू पनि गर्न नसक्सने भन्रदै उनले मेडिकल माफियाको अगाडि ओली सरकार लम्पसार परेको बताएका छन्। चुनावमा लिएको पैसाका कारण आज सरकारका जिम्मेवार व्यक्तिहरू मेडिकल माफियाका अगाडि रोइकराइ गरिरहेको विज्ञप्तिमा उल्लेख छ । माफियाले चलाएको राज्यले आज सङ्घर्षका विरुद्ध, विद्यार्थीका विरुद्ध, अभिभावकका विरुद्ध जस्तोसुकै षड्यन्त्र गरिरहेको भन्दै उनले प्रहरी प्रशासनको कार्य सम्पादनप्रति विद्यार्थी रअभिभावक तथा जनताहरूलाई भरोसा नै नभएको बताएका छन् । प्रहरी प्रशासनलाई पनि माफिया राज्यले आफ्नो अनुकूलतामा निमुखा जनतालाई दमन गर्ने, फसाउने, दबाउने साधनका रूपमा प्रयोग गरिराखेको उनको भनाइ छ ।

चन्दले अगाडि भनेका छन्, ‘राज्य न मेडिकलसम्बन्धी शिक्षा नीति बनाउन सक्छ, न त गरेको निर्णय लागू गर्न सक्छ । सरकार आज मेडिकल माफियाको अगाडि लम्पसार परेको छ । चुनावमा लिएको पैसाका कारण आज सरकारका जिम्मेवार व्यक्तिहरू मेडिकल माफियाका अगाडि रोइकराइ गरिरहेका छन् । राज्य नै माफियाले चलाएको छ र राज्य नै आज यो सङ्घर्षका विरुद्ध, विद्यार्थीका विरुद्ध, अभिभावकका विरुद्ध जस्तोसुकै षड्यन्त्र गर्न तयार छ र गरिरहेको छ । प्रहरी प्रशासनको कार्य सम्पादनप्रति न विद्यार्थीको भरोसा छ, न त अभिभावक र जनताहरूको किनकि प्रहरी प्रशासनलाई आज माफियाले राज्यमार्फत आफ्नो अनुकूलतामा निमुखा जनतालाई दमन गर्ने, फसाउने, दबाउने साधनका रूपमा प्रयोग गरेको छ । यस्तै षड्यन्त्र आज चितवन मेडिकल कलेजमा प्रहरी प्रशासनले माफियाको इसारामा विद्यार्थी र माफियाविरुद्धको सङ्घर्ष समाप्त पार्नका लागि गरेको छ । कैलाशनगरमा रहेको सीएमसीको होस्टलमा बिहानबाट कलेजका कर्मचारी अरुण कोइराला र प्रिन्सिपल ममता तिवारी घुमिरहेका थिए । सँगै प्रहरी पनि बर्दी र सादा पोसाकमा थिए ।’

आज ८ गते भएको मेडिकल माफियाविरुद्धको विशाल विरोध¥याली र विरोधसभाको काम आफुले आफ्ना साथीहरूको सहयोगमा गरिरहेको जानकारी दिदै उनले सबै काम सकिएपछि हिजो शनिबार नै आज आइतबारको कार्यक्रमका लागिसबैलाई छलफलमा बोलाएएको उनले बताएका छन् । त्यहाँ ब्यानर र पम्पलेट बनाइरहेका साथीहरूसँग भेटेर एकछिन छलफल गरेपछि झन्डै ३५ मिनेटपछि आफु फर्किदा त्यहाँ गार्डले नै ‘तपाईं र प्रविनलाई मूल गेटमा प्रहरीले बोलाएको छ’ भनेपछि आफु त्यहाँ गएको उनले बताएका छन् ।

‘आज ८ गते हुन लागेको मेडिकल माफियाविरुद्धको विशाल विरोध¥याली र विरोधसभाको काम मैले साथीहरूको सहयोगमा गरिरहेको थिएँ । सबै काम सकिएपछि होस्टलबाट साथीहरूले भोलिको कार्यक्रमका लागि छलफलमा बोलाउनुभयो र म त्यता हिँडेँ । होस्टल अरू बेलाजस्तै सामान्य थियो म सीधै होस्टलनजिक बीडीएस हलमा गएँ । त्यहाँ ब्यानर र पम्पलेट बनाइरहेका साथीहरूसँग भेटेँ र एकछिन छलफल गरेँ । झन्डै ३५ मिनेट भएको थियो । गार्ड दाइ आउनुभयो र तपाईं र प्रविनलाई मूल गेटमा प्रहरीले बोलाएको छ भन्नुभयो म । साथीहरूसहित गएँ । त्यहाँ बाक्लो प्रहरी थियो । मलाई साथीहरूले त्यता जान दिनुभएन । म फर्किएँ । मैले एकजना प्रहरीसँग यो के गर्न खोजेको भनेर सोधँे । उनले भने– धेरै सेन्सेटिभ छ । अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ ।’ उनले भनेका छन् ।

प्रकाशले माफियाको मतियार एवम् बाच प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरीहरू टिटी कोटतिर गएर त्यहाँ रहेका अन्य सादा पोसाकका प्रहरीले केही सामान राखेर फोटो खिचिरहेकाे देखेपछि आफु अर्को बाटोबाट बाहिर निस्किएँको उनले प्रष्ट पारेका छन् । तिनै होस्टेलमा घुसेका मान्छेहरुले केही समयपछि होस्टलमा हतियार भेटियो भन्ने भ्रमपूर्ण र षड्यन्त्रपूर्ण समाचार बाहिर ल्याइएको उनले बताएका छन् ।

‘मैले एकजना प्रहरीसँग यो के गर्न खोजेको भनेर सोधँे । उनले भने– धेरै सेन्सेटिभ छ । अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ । उनले यसो भनेलगत्तै माफियाको मतियार एवम् बाच प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरीहरू टिटी कोटतिर गएर त्यहाँ रहेका अन्य सादा पोसाकका प्रहरीले केही सामान राखेर फोटो खिचिरहेका थिए । त्यति देखेपछि म अर्को बाटोबाट बाहिर निस्किएँ र केही समयपछि होस्टलमा हतियार भेटियो भन्ने भ्रमपूर्ण र षड्यन्त्रपूर्ण समाचार बाहिर ल्याइयो । हो, यही षड्यन्त्र थाहा पाएर म बाहिर निस्किएको थिएँ । केहीबेर विद्यार्थी भित्र नै बन्धक बनाइएका थिए । हिजोसम्म मौन बसेको राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ ।’ उनले भनेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्