बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ

Machchapuchchre

काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् । अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको अभियोगमा प्रहरीले जनरल फिजिसियन झालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरे । एसएसपी राईका अनुसार एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्