लात्ताले हानेर भाजपा उपाध्यक्षलाई जनताले यसरी झाडीमा फाले, भाइरल भिडियोसहित

Machchapuchchre

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यका भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्षलाई कुटपिट गरिएको छ। सोमबार पश्चिम बंगालको करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको थियो। चुनाव उठेका उपाध्यक्ष जोय प्रकाश मजुमदरलाई एक मतदान केन्द्रनजिकै कुटपिट भएको हो। उनलाई क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ।

मतदान भइरहेको ठाउँमा प्रवेश गर्न खोजेपछि टिएमसीका कार्यकर्ताले ‘फर्केर जाऊ’ भन्दै नारा लगाएका थिए। त्यसपछि केही कार्यकर्ताले मजुमदरलाई धकेलेर लात्ताले हानेको भिडिओ सार्वजनिक भएको छ। प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो। तृणमूलका नेताहरूले मजुमदरले शान्त वातावरण बिगारेको आरोप लगाएका छन्। भाजपाका नेता मुकुल रायले निर्वाचन आयोगलाई पत्र लेखेर आक्रमणबारे जानकारी गराएका छन्।

‘मजुमदरलाई ५० टिएमसीका कार्यकर्ताले घरेर लात्ताले हाने’ उनीहरूलाई कारबाही हुनुपर्छ,’ उनको पत्रमा भनिएको छ। तृणमूल कंग्रेसका सासंद परमनाथ रोयको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन गराइएको थियो। निर्वाचनको मत परिणाम मंगलबारसम्म आइसक्ने भारतीय सञ्चार माध्ययमले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्