कोरोना अपडेट – ज्यान गुमाउनेको संख्या ४९ सय ७३ पुग्यो, विश्वका १ सय २७ देशमा संक्रमण

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएको चिनियाँ […]

चीनद्वारा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा

काठमाडौं । चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका सिन्ह्वाले जनाएको छ । चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महामारी अन्त्यको घोषणा गरेको हो । चीनले वुहानका सबै अस्थायी अस्पताल पनि बन्द गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सङ्क्रमणको समस्या […]

कोभिड १९को संक्रमण रोक्न भारतमा पनि यात्रा प्रतिबन्ध, १५ अप्रिलसम्म सबै भिसा निलम्बन

काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा […]

१ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४६ सय नाघ्यो, डब्लूएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

काठमाडौं । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् । ५३ हजार २ सय २७ जनाको उपचार […]

कोरोना भाइरसः युरोपेली मुलुकबाट हुने हवाइयात्रामा अमेरिकाले लगायो रोक

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने उनले बताएका छन्। बेलायतमा हालसम्म कोरनाभाइरसका ४६० केसहरू पुष्टि भएका छन्। यस्तै अमेरिकामा कोरोनाभाइरसबाट ११ सय ३५ जना […]

नेपाल छाड्न अमेरिकी नागरिकलाई अध्यागमन विभागको निर्देशन, यस्तो छ कारण

काठमाडाैं । पोखरामा बसेर ‘गैरकानुनी’ चन्दा उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले अब उनको भिसाको म्याद नथपिने र स्वदेश फर्कने तयारीका लागि केही समय दिएको बताए। महानिर्देशक पौडेलले बिजनेश भिसामा बस्ने विदेशीले चन्दा उठाएर कम्पनी खोल्न र समाजसेवा गर्न नपाउने बताए। ‘हामीले मिसेलको […]

प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाबीच भेटघाट, स्वास्थ्य अवस्थामा सुधार भइरहेकाे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार भेटेकी छिन् । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई दिउँसाे ३ बजे भेटेकी हुन् । भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए । […]

१० कारण देखाउँदै विप्लव नेतृत्वको नेकपाले लियो बम बिस्फोटको जिम्मेवारी

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा आज बिहान गरिएको बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरकाे कम्पाउन्डमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको थियाे । उक्त समूह निकट ईरातोखबर डट कम अनलाईनका अनुसार, विभिन्न १० वटा कारण देखाउँदै विष्फोट गरेको जनाएको छ […]

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट

काठमाडौं- पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट […]

आवश्यकताभन्दा धेरै औषधि र ग्यास खरिद नगर्न सरकारकाे आग्रह

काठमाडाैं । सरकारले आवश्यकताभन्दा धेरै औषधि र ग्यास खरिद नगर्न आग्रह गरेको छ। सरकारले दैनिक उपभोग्य वस्तुको भारतबाट सहज रूपमा आपूर्ति भएको र औषधिको स्टक पनि छ महिनासम्म रहेकाले घरघरमा नथुपार्न आग्रह गरेको हो। मंगलबार बसेको उच्च स्तरीय समितिको बैठकमा ग्यास, औषधिलगायत उपभोग्य वस्तुको स्टकबारे छलफल भएको थियो। ‘औषधि छ महिना र पेट्रोलियम पदार्थ तीन […]