१० कारण देखाउँदै विप्लव नेतृत्वको नेकपाले लियो बम बिस्फोटको जिम्मेवारी

Machchapuchchre

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा आज बिहान गरिएको बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरकाे कम्पाउन्डमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको थियाे ।

उक्त समूह निकट ईरातोखबर डट कम अनलाईनका अनुसार, विभिन्न १० वटा कारण देखाउँदै विष्फोट गरेको जनाएको छ । उक्त अनलाईन विप्ल नेतृत्वकाे नेकपा निकट र आाधिकारिक मानिन्छ ।

घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ भन्ने पर्चा छरिएको समेत अनलाईनमा उल्लेख छ । यद्यपि प्रहरिले भने अहिलेसम्म यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेकाे छैन । पर्चामा बास्कोटामाथि भ्रष्टाचार गरेको मुख्य आरोप छ

अनलाईनमा प्रकाशित भए अनुसार, पूर्व मन्त्री बास्काेटामाथि लगाईएका अाराेप यस्ता छन् ।

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्