गुड्विल फाइनान्स लिमीटेडको ऋणपत्र बिक्री खुला

गुड्विल फाइनान्स लिमीटेडको ऋणपत्र बिक्री खुला
Machchapuchchre

अर्थ राजनीति । गुड्विल फाइनान्स लिमीटेडले रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्र आज बिक्री खुला गरेको छ । वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको डिवेञ्चर–२०८३ का इकाइ बिक्री खुला गरिएको हो । ऋणपत्रका इकाइहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

एनआइबिएल एस क्यापिटल लिमीटेडले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । नेपालको वित्तीय बजारमा ऋणपत्र जारी गर्ने फाइनान्स कम्पनीमा गुड्विल दोश्रो कम्पनी हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरुले खरिद आवेदन दिन सकिनेछ । व्यक्तिगत तवरले १५ करोड रुपैयाँ तथा ५००० कित्ता म्युचुअल फण्डहरु समेत गरी सर्वसाधारणका लागि रु. १० करोड रुपैयाँबराबरको निष्कासन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्