कोरोना भाइरसः युरोपेली मुलुकबाट हुने हवाइयात्रामा अमेरिकाले लगायो रोक

Machchapuchchre

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।

यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने उनले बताएका छन्। बेलायतमा हालसम्म कोरनाभाइरसका ४६० केसहरू पुष्टि भएका छन्। यस्तै अमेरिकामा कोरोनाभाइरसबाट ११ सय ३५ जना संक्रमित छन् भने ३८ जनाले ज्यान गुमाएका छन्। यो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागु हुनेछ।

‘नयाँ केसहरू अमेरिका प्रवेश नहुन् भन्नाका लागि हामीले युरोपबाट अमेरिकामा हुने सबै उडानलाई रोक्ने निर्णय गरेका छौं’, टेलिभिजन सम्बोधनका क्रममा ट्रम्पले भने। यसैगरी ट्रम्पले साना व्यवसायहरूमा प्रभाव नपरोस् भन्नका लागि उनीहरूलाई अर्बौ डलर ऋण सहयोग उपलब्ध गराउने योजना अघि सारेका छन्। त्यसैगरी उनले कोरोनाभाइरससँग आक्रमक र ठोस रुपमा लड्नका लागि कंग्रेससमक्ष कर सहुलियत पास गर्न आग्रह समेत गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्