पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन

Machchapuchchre

पाँचथर- पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन भएको छ । ७६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । लामो समयदेखि मिर्गौला पीडित शेर्माको ललितपुरकाे निदान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पाँचथरको पहिलेकाे सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिएका शेर्मा २०५७ देखि ०६७ सालसम्म दुई कार्यकाल नेपाली कांग्रेस पाँचथरको सभापति समेत बनेका थिए । उनी २०६४ सालको संविधान सभाको चुनावमा पाँचथर क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै स्थानीय विकासमन्त्री बनेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्