अब नेपालीहरुले सेल्फ क्वारेनटाइनमा बस्नुपर्छः स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरू सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने बताएका छन्। ज्वरो आएमा परीक्षण गर्ने व्यवस्था मिलाइएको र कोरोनाभाइरस संक्रमण शंका लागेमा राज्यले नै उपचारको व्यवस्था मिलाउने उनले बताए। ‘अब सेल्फ क्वारेनटाइनमा मानिसहरू बस्नुपर्छ,’ उनले भने, ‘के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौं। घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा […]

गोरखामा जिप दुर्घटना हुँदा १० घाइते, गम्भीर अवस्थामा रहेका ४ जनाकाे उद्धारका लागि हेलिकप्टर बोलाइयो

गोरखा । गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ । बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले […]

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द, नेपालीले पनि स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्ने

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको […]

उत्तर कोरियाद्वारा जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण

सोल । उत्तर कोरियाले सोमबार तीन क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले दक्षिणी हेमग्योङ्ग प्रान्तबाट जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रले ५० किलोमिटरको अधिकतम उचाई लिएर दुई सय किलोमिटरसम्मको दूरी तय गरेका थिए । दुई साताअघि पनि उत्तर कोरियाले यस्तै किसिमका क्षेप्यास्त्र परीक्षण गरेको थियो […]

कोरोना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ३८ सय नाघ्यो, ६ हजार अझै सिकिस्त बिरामी

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार […]

आज फागुपूर्णिमा अर्थात होली, जमघट भएर खेल्न नपाइने, सतर्कता अपनाउन प्रशासनको अनुरोध

काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण […]

मुक्तिका लागि महिलाहरुले चुलो चौका छोडेर राजनीतिक मै आउनुपर्छ : मोहन बैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीमा महासचिव मोहन वैद्यले महिलाले चुलो चौका छोडेपछि मात्र घरेलु दासबाट मुक्ति मिल्ने बताएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ललितपुरको कुपण्डोल कार्यालयमा आयोजना गरेको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा वैद्यले भने, ‘तुच्छ घरेलु दासको रुपमा रहँदै आएका महिलाहरु घरबाट बाहिर निस्केर सामाजिक र राजनीतिक काममा संलग्न भएपछिमात्र […]

कोरोनाबारे भ्रम हटाउन विश्व स्वास्थ्य संगठनले सार्वजनिक गर्‍यो यी १५ सुझाव

कोरोना भाइरस ‘कोभिद–१९’ हाल ८५ भन्दा बढी मूलुकमा फैलिएको छ। यसको संक्रमणबाट आइतबारसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन्। अहिलेसम्म ५८ हजारभन्दा बढि संक्रमित निको भइसकेका छन्। कोरोनाको प्रकोप विश्वव्यापी बन्दैजाँदा यस भाइरससँगै यसबारेको बिभिन्न भ्रम र हल्लाका कारण पनि त्रास झन बढेको यस क्षेत्रमा संलग्न […]

ड्युटीमा रहेका सशस्त्र प्रहरीका जवानले आफैँलाई किन हाने गोली ? अवस्था गम्भीर

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा […]

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी हुन् । ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ ११० औँ अन्तर्राष्ट्रिय […]