अब नेपालीहरुले सेल्फ क्वारेनटाइनमा बस्नुपर्छः स्वास्थ्यमन्त्री ढकाल

Machchapuchchre

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरू सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने बताएका छन्। ज्वरो आएमा परीक्षण गर्ने व्यवस्था मिलाइएको र कोरोनाभाइरस संक्रमण शंका लागेमा राज्यले नै उपचारको व्यवस्था मिलाउने उनले बताए।

‘अब सेल्फ क्वारेनटाइनमा मानिसहरू बस्नुपर्छ,’ उनले भने, ‘के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौं। घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा प्रोटोकलमा छ।’

उनले ज्वरो र रूखाखोकी आएमा परीक्षणको व्यवस्था मिलाइएको बताए। ‘परीक्षण गर्दा अस्पतालमै राखेर थप उपचार गर्नुपर्ने अवस्था देखिए मात्रै राज्यले जिम्मा लिन्छ,’ मन्त्री ढकालले भने।

सत्तारूढ नेकपाको भातृ युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बुझाएको ध्यानाकर्षण पत्र बुझेपछि मंगलबार मन्त्रालयमा मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेनटाइनमा राखे जसरी अब राख्न नसकिने पनि बताएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्